SHARE
ओएसनेपाल · बिहीबार १६ असो २०८२ ०१:१४ AM · 1 मिनेट पढाइ

सत्य, धर्म र न्यायको विजयको प्रतीक दसैँ हो – राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्नुभएको छ । राष्ट्रपति पौडेलले हिन्दु धर्मावलम्वीहरूको महान् चाड विजयादशमी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै समृद्धिको कामना गर्नुभएको हो ।