SHARE
ओएसनेपाल · बिहीबार १६ असो २०८२ ०१:२२ AM · 1 मिनेट पढाइ

आज बडादसैं अन्तर्गत टीका, उत्तम साइत ११:५३ बजे

काठमाडौं । बिहीबार विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । आज नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।