टीका र जमरा : विजयादशमीको आध्यात्मिक, सांस्कृतिक र वैज्ञानिक आयाम
काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैंको मुख्य आकर्षण नै टीका र जमरा हो भन्ने कुरा सबैलाई थाहा छ । प्रत्येक वर्ष आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट टीका र जमरा ग्रहण गर्दै आशिर्वाद लिने परम्परा सदियौंदेखि चल्दै आएको छ ।
