बाढी–पहिरोले चार जिल्लामा विद्युत आपूर्ति शून्य, गण्डकीमा ३३ केभी लाइनदेखि फिडरसम्म अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुग्दा गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, मनाङ र मुस्ताङ जिल्ला पूर्ण रूपमा ‘ब्याक आउट’ भएका छन्। विद्युत् प्राधिकरणका अनुसार यी जिल्लामा विद्युत् आपूर्ति पुनःस्थापना गर्न आइतबार विभिन्न स्थानमा मर्मत टोली परिचालन गरिएको छ।
