SHARE
कर्पोरेट समाचार · शनिबार १० असो २०८३ ०४:३७ AM · 1 मिनेट पढाइ

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं । नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलमा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र सेनेगलका परराष्ट्रमन्त्री शेख नियाङले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा आज हस्ताक्षर गरेका हुन् । परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ । त्यसअघि दुवै मन्त्रीबीच भेटवार्ता भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार