एसियाली खेलकुदः नेपाली खेलाडीले सात खेलमा प्रतिस्पर्धा गर्दै
काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत नेपालले आज सात खेलमा प्रतिस्पर्धा गर्दैछ । आज नेपालको मुख्य ध्यान महिला कबड्डी टोलीको प्रदर्शनमा केन्द्रित हुनेछ । नेपालले महिला कबड्डीको समूह ‘बी’को खेलमा आज चिनियाँ खेलाडी ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार अपराह्न ४ः३० बजे सुरु हुनेछ ।
