दसैं सुरु भएपछि साढे पाँच लाखले छाडे उपत्यका
काठमाडौं । दसैँको चहलपहल सुरु भएसँगै साढे पाँच लाखले सङ्घीय राजधानी काठमाडौँ छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज बिहानसम्म पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका छन् ।
