SHARE
ओएसनेपाल · शनिबार ११ असो २०८२ ०२:२९ PM · 1 मिनेट पढाइ

हुम्लामा नदीमा हामफालेर दुई जना बेपत्ता

अदानचुली (हुम्ला), ११ असोजः चङ्खेली गाउँपालिकामा नदीमा हामफालेर दुई जना बेपत्ता भएका छन् । आज बिहान सामाजिक सञ्जाल ‘फेसबुक’मा ‘स्टाटस’ लेख्दै बेपत्ता भएका चङ्खेली गाउँपालिका–४ का हंस बुढा र कर्मा बोहोराले आत्महत्या गर्ने उद्देश्यले नदीमा हामफालेको अनुमान गरिएको छ ।