रसुवा बाढीपछि अर्थतन्त्र उकास्न ‘विशेष आर्थिक प्याकेज’ ल्याउनुपर्छ: रास्वपा सांसद खड्का
काठमाडौं । रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा आएको विनाशकारी बाढीले राष्ट्रिय अर्थतन्त्रमा समेत गम्भीर असर पारेको भन्दै तत्काल विशेष आर्थिक सुधार प्याकेज ल्याउन सरकारलाई सुझाव दिइएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले गठन गरेको रसुवा बाढीपश्चात् अर्थतन्त्रमा परेको प्रभाव तथा जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिले यस्तो सुझाव दिएको हो ।
