SHARE
मकालु खबर · शुक्रबार​ २ असो २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

नयाँ दिल्लीमा अर्थमन्त्रीको कूटनीतिक संवाद: ऊर्जा र डिजिटल कनेक्टिभिटीमा जोड

नयाँ दिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत सम्बन्धलाई बदलिँदो समयअनुसार थप सुदृढ बनाउँदै आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउनुपर्ने बताएका छन् । उनले त्यसका लागि भौतिक पूर्वाधार, डिजिटल कनेक्टिभिटी र ऊर्जा सञ्जालको विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका छन् ।