SHARE
मकालु खबर · शुक्रबार​ २ असो २०८३ ०१:१२ PM · 1 मिनेट पढाइ

२८ वर्षे अनुभव भएका दीर्घायु श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्राधिकरणको नेतृत्वको जिम्मेवारी दिने निर्णय गरेको हो । श्रेष्ठ यसअघि प्राधिकरणमा कामु कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए ।