सयवर्ष भन्दा पुरानो ऐतिहासिक ब्रह्मा मन्दिरमा गजुर स्थापना
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ गायत्री मार्गमा रहेको छैटौं शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरमा गजुर स्थापना गरिएको छ । काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा वडा ८ का वडाअध्यक्ष आशामान संगतले विधिपूर्वक पुजा गरी गजुर स्थापना गर्नुभएको हो ।
