SHARE
मकालु खबर · बिहीबार १ असो २०८३ ०८:४० AM · 1 मिनेट पढाइ

भ्रष्टाचारको शैली फेरिँदैछ, नियन्त्रणका लागि आयोग पनि प्रविधिमैत्री बन्दैछ: प्रमुख आयुक्त राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको स्वरूप, प्रवृत्ति र शैली समयअनुसार परिवर्तन हुँदै गएको बताएका छन् । उनले भ्रष्टाचारलाई नियन्त्रण गर्न आयोगले पनि अनुसन्धान प्रणालीलाई थप वैज्ञानिक, प्रविधिमैत्री र नतिजामुखी बनाउँदै लगेको बताएका छन् ।