असोज ३ गते नै जिल्लाका १०३ वटै वडामा कांग्रेस अधिवेशन गरिने
सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकले संगठन सुदृढीकरण तथा वडा तहमा पार्टीको नेतृत्व चयन गर्ने प्रक्रियालाई अघि बढाउँदै जिल्लाका १०३ वटै वडामा असोज ३ गते नै अधिवेशन गर्ने निर्णय गरेको छ। पार्टीको जिल्ला कार्यसमितिले वडा तहमा अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति गठन तथा प्रतिनिधि चयन गर्ने तयारी अघि बढाएको हो।
