SHARE
मकालु खबर · बिहीबार १ असो २०८३ ०७:४२ AM · 1 मिनेट पढाइ

हदबन्दीको समस्या छिट्टै समाधान हुन्छः सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको हदबन्दीको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् । उनले हदबन्दीसहित निजी क्षेत्रसँग सम्बन्धित कानूनी समस्या समाधानका लागि सरकारले प्रक्रिया अघि बढाइरहेको दाबी गरेका हुन् ।