गिद्ध संरक्षणमा ऐतिहासिक सफलता
अर्घाखाँची । कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध नेपालमा भने पुनःफर्किन थालेका छन् । संरक्षणका प्रभावकारी प्रयास, हानिकारक औषधीमाथिको नियन्त्रण, सुरक्षित आहार र वासस्थान संरक्षणका कारण नेपाल लोपोन्मुख गिद्धको सङ्ख्या घट्नेक्रम रोक्दै पुनः वृद्धि गराउन सफल दक्षिण एसियाकै पहिलो देश बनेको छ ।
