SHARE
ओएसनेपाल · शुक्रबार​ १० असो २०८२ ०३:५१ PM · 1 मिनेट पढाइ

सुर्खेतमा खोलाले बगाउँदा दिदीबहिनीको मृत्यु

काँक्रेविहार (सुर्खेत), १० असोज : पौडी खेल्ने क्रममा खोलाले बगाउँदा जाजरकोटमा एकै घरका दिदीबहिनीको मृत्यु भएको छ । स्थानीय समाकोट खोलामा आज दिउँसो पौडी खेल्न गएका कुशे गाउँपालिका–७ समाकोट जाजरकोटका धनबहादुर सिंहका छोरी १८ वर्षीया मीनाकुमारी र १५ वर्षीया गीताकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।