SHARE
मकालु खबर · बिहीबार १ असो २०८३ ०४:४५ AM · 1 मिनेट पढाइ

सडकका समस्या फोटोसहित रिपोर्ट गर्न ‘सडक सुझाव’ एप सञ्चालनमा

काठमाडौं । सडक डिभिजन काठमाडौंले सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी तत्काल उपलब्ध गराउन सकिने गरी ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमका बीच डिभिजनले काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदहरूलाई एपबारे ब्रिफिङ गराएको हो ।