SHARE
मकालु खबर · बुधबार ३१ भौ २०८३ १२:०९ PM · 1 मिनेट पढाइ

नेशनल लाईफ इन्स्योरेन्स र नेपाल बैंकबीच जीवन बीमा सम्झौता

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूको जीवन बीमा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृतस्मृती राज कंडेल र नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले हस्ताक्षर गरेका हुन् ।