SHARE
मकालु खबर · बुधबार ३१ भौ २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

सांसदको व्यस्तताका कारण समितिको काम प्रभावित हुनसक्छः पूर्वसभापति गैरे

काठमाडौं । नेकपा एमालेका नेता तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका पूर्वसभापति ठाकुर गैरेले सांसदहरूको व्यस्तताका कारण समितिको काममा व्यावहारिक कठिनाइ आउन सक्ने बताएका छन् ।