प्रभु बैंकको देशव्यापी रक्तदान, ३२६ पिन्ट रगत संकलन
काठमाडौं । देशमा आएको प्राकृतिक प्रकोप तथा विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि प्रभु बैंकले देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा देशका सातै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
