हुन्डाईको दसैँ–तिहार लक्षित ‘फेस्टिभ ड्राइभ २०८३’ सार्वजनिक
काठमाडौँ। हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘हुन्डाई फेस्टिभ ड्राइभ २०८३’ योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत हुन्डाईका गाडी खरिद गर्ने ग्राहकले आकर्षक नगद छुटसँगै विभिन्न सुविधा तथा पुरस्कार प्राप्त गर्ने कम्पनीले जनाएको छ।
