पीएमजीओको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट
काठमाडौँ । भायानेट कम्युनिकेसन नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय ई–स्पोर्ट्स प्रतियोगिता पब जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) को आधिकारिक इन्टरनेट साझेदार बनेको छ। प्रतियोगिताका लागि आवश्यक इन्टरनेट तथा कनेक्टिभिटी पूर्वाधार भायानेटले उपलब्ध गराउनेछ। अन्तर्राष्ट्रिय स्तरको ई–स्पोर्ट्स प्रतियोगितामा खेलाडीको सीपसँगै स्थिर, निरन्तर र न्यून विलम्बता भएको इन्टरनेट कनेक्टिभिटीलाई महत्त्वपूर्ण मानिन्छ।
