SHARE
ओएसनेपाल · बुधबार ८ असो २०८२ ०१:३९ PM · 1 मिनेट पढाइ

दसैँमा तीन चलचित्र प्रदर्शन हुँदै

काठमाडौँ, ८ असोजः आगामी दसैँलाई लक्षित गर्दै तीन नयाँ नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन् । चाडपर्वमा दर्शकको बिदा हुने भएकाले चलचित्र भवनमा भिडभाड बढी हुने गर्दछ । सोही कारण चलचित्र निर्माता तथा निर्देशकले दसैँलाई लक्षित गर्दै ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शन गर्न लागेका हुन् ।