स्थानीय प्रणालीले काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा भारी वर्षा
काठमाडौँ, ८ असोजः मनसुनी वायु कमजोर हुँदाहुँदै पनि आज काठमाडौँ उपत्यकासहित देशका केही ठाउँमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् हरिप्रसाद दाहालले बाह्य ठूलो प्रणाली नभई स्थानीयस्तरमा बनेको प्रणालीका कारण आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको बताउनुभयो ।
