काठमाडौँ महानगरभित्र एक हजार ६० स्मार्ट बोर्ड जडान हुने
काठमाडौँ, ८ असोज : काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा एक हजार ६० स्मार्टबोर्ड जडान हुने भएको छ । महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहले आज सामाजिक सञ्जालमार्फत महानगरभित्रका ८७ सामुदायिक विद्यालयमा तिहारअघि एक हजार ६० स्मार्टबोर्ड जडान गर्नेगरी महानगरले काम गरिरहेको जानकारी दिनुभयो ।
