प्रधानमन्त्रीसँग उद्योगपति तथा व्यवसायी विनोद चौधरीको दुई घण्टा खुला संवाद : केके भयो कुराकानी?
काठमाडौं । उद्योगपति तथा व्यवसायी विनोद चौधरीले नेपालमा लगानीको पर्याप्त स्रोत हुँदाहुँदै पनि नीतिगत अस्थिरता, प्रक्रियागत ढिलासुस्ती र सरकारी निकायको पुरानै कार्यशैलीका कारण अपेक्षित रूपमा लगानी विस्तार हुन नसकेको बताएका छन्। प्रधानमन्त्रीसँग भएको दुई घण्टा लामो छलफलमा उनले अर्थतन्त्रलाई चलायमान बनाउन तत्काल निर्णय गर्न सक्ने संयन्त्र प्रधानमन्त्री कार्यालयमै बनाउन सुझाव दिएका छन्।
