बाढीपीडितको राहत र पुनर्स्थापनामा भिलको १ करोड आर्थिक सहयोग
काठमाडौं। एआई प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म भिलले सरकारलाई १ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्नुका साथै पुनर्स्थापनाका काममा सहयोग पुगोस् भन्ने उद्देश्यले कम्पनीले सरकारमार्फत उक्त रकम उपलब्ध गराएको हो।
