भारत–चीनबाट नेपाललाई तीन बेलिब्रिज प्राप्त, थप पुल आउने क्रममा
काठमाडौं। भोटेकोसी बाढीका कारण पुलहरूमा क्षति पुगेपछि नेपालले भारत र चीनबाट तीनवटा बेलिब्रिज प्राप्त गरेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार भारतबाट एउटा र चीनबाट दुईवटा बेलिब्रिज नेपाललाई प्राप्त भएको हो। बाढीबाट देशका विभिन्न स्थानमा ५७ वटा पुलमा क्षति पुगेको भन्दै आवश्यकताअनुसार मित्रराष्ट्रसँग सहयोग मागिएको उनले बताए।
