महानगरले जलन पीडितलाई २ लाख रुपैयाँसम्मको निःशुल्क उपचार गराउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले जलनको उपचार आवश्यक पर्ने लक्षित वर्गका व्यक्तिलाई प्रतिव्यक्ति २ लाख रुपैयाँसम्मको निःशुल्क उपचार उपलब्ध गराउने भएको छ। अति विपन्न, हिंसा पीडित तथा बेवारिसे बिरामीलाई महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा यस्तो सेवा प्रदान गरिनेछ।
