SHARE
मकालु खबर · शुक्रबार​ २६ भौ २०८३ ११:०२ AM · 1 मिनेट पढाइ

स्याङ्जामा झोलुंगे पुल निर्माणपछि घण्टौ लाग्ने दूरी १० मिनेटमै सीमित

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका ७ र ११ लाई जोड्ने गरी आँधीखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । गल्याङ ११ को बुढाथोकी डाँडा र वडा न ७ को सेनापुकलाई जोड्ने ४४४ मिटर लम्बाइको उक्त पुल निर्माणपछि सेनापुकबाट सिद्धार्थ राजमार्ग १० मिनेटमै आउन सकिने भएको हो ।