SHARE
मकालु खबर · शुक्रबार​ २६ भौ २०८३ ०७:२० AM · 1 मिनेट पढाइ

ईभी आगलागीमा मृत्यु भएका चालकको सनाखत

चितवन । भरतपुर महानगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कार (ईभी) मा आगलागी हुँदा मृत्यु भएका चालकको सनाखत भएको छ। शुक्रवार बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको थियो। आगलागीबाट कार पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।