SHARE
मकालु खबर · शुक्रबार​ २६ भौ २०८३ ०८:१५ AM · 1 मिनेट पढाइ

सरकारले केही रकम दिएर बाढीपीडित व्यवस्थापनबाट पन्छिन खोज्दैछ : सांसद साह

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक कुमार साहले सरकार बाढीपीडितलाई व्यवस्थापन गर्नबाट पन्छिन खोजेको आरोप लगाएका छन् । शुक्रवार महिला तथा सामाजिक मामिला समितिको बैठकमा उनले बाढीपीडितलाई केही रकम दिएर आफ्नो व्यवस्थापन आफै गर भन्ने मुडमा पुगेको बताएका हुन् । उनले विपद्मा सरकार अभिभावक बन्नुपर्ने बताए ।