SHARE
मकालु खबर · शुक्रबार​ २६ भौ २०८३ ०२:१३ AM · 1 मिनेट पढाइ

एनभिएलः काठमाडौँ र कर्णाली फाइनलका लागि भिड्दै

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराजबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साँझ ६ः०० बजे खेल हुनेछ । एनभिएलमा काठमाडौँ र कर्णाली दुवै जित्ने दाउमा छन्।