SHARE
मकालु खबर · बिहीबार २५ भौ २०८३ १२:५१ PM · 1 मिनेट पढाइ

नेपालले जलवायु परिवर्तनको असमान भार थेग्न सक्दैन : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले विश्वव्यापी जलवायु परिवर्तनको कारण सिर्जित विपत्तीको असमान भार थेग्न अब नेपाल बाध्य हुन नसक्ने बताएका छन् । दक्षिण एसिया वन्यजन्तु कानून कार्यान्वयन सञ्जालको प्रथम महासभालाई बिहीवार राजधानी काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली नागरिकको लागि जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह पनि गरे ।