SHARE
मकालु खबर · बिहीबार २५ भौ २०८३ १२:५९ PM · 1 मिनेट पढाइ

साउनमै २६ अर्ब बढीको बीमा व्यवसाय: सुस्ताएको अर्थतन्त्रमा जीवन बीमाको उत्साहजनक फड्को

काठमाडौं । मुलुकको समग्र अर्थतन्त्र सुस्त गतिमा अघि बढिरहेका बेला जीवन बीमा क्षेत्रमा भने उत्साहजनक सुधार देखिएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरूले आफ्नो व्यवसायमा उल्लेखनीय वृद्धि गर्दै सर्वसाधारणको ध्यान खिच्न सफल भएका छन् ।