प्राथमिकता निर्धारण नागरिकलाई ग्यास वितरण गर्न काँग्रेस सांसद खड्काद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले प्राथमिकता निर्धारण गरी अतिआवश्यक परेका नागरिकसम्म खाना पकाउने ग्यास पुर्याउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीवार सिंहदरबारस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो ध्यानाकर्षण गराएका हुन् ।
