SHARE
मकालु खबर · बिहीबार २५ भौ २०८३ ०२:५६ AM · 1 मिनेट पढाइ

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ मा रहेको ऐतिहासिक चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण भएको छ । गण्डकी प्रदेश सरकार, मंगला गाउँपालिका, चिनाकोत आमा समूह र देउराली सामुदायिक वन उपभोक्ता समूहको रु ५० लाख बढी लगानीमा पूर्वाधार निर्माण भएको हो ।