SHARE
मकालु खबर · बिहीबार २५ भौ २०८३ ०१:२४ AM · 1 मिनेट पढाइ

पाँच दिनमै बन्यो एक्रो ब्रिज

नुवाकोट । बाढीका कारण पुल क्षतिग्रस्त भएपछि आवागमनमा सास्ती खेपिरहेका नुवाकोटवासीलाई राहत मिल्ने भएको छ। नेपाली सेनाले पाँच दिनमै एक्रो ब्रिज जडानको काम सम्पन्न गरेको छ। निर्माण सम्पन्न भएको उक्त पुल भोलीदेखि सञ्चालनमा आउने जनाइएको छ। पुल सञ्चालनमा आएपछि बाढीका कारण प्रभावित सडक सम्पर्क तथा दैनिक आवागमन सहज हुने अपेक्षा गरिएको छ।