SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ ११:०५ AM · 1 मिनेट पढाइ

‘रसुवा बाढीपछिको उद्धार र राहतमा सरकार असफल देखियो’

काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि सरकारले सञ्चालन गरेको उद्धार, राहत वितरण तथा पुनःस्थापनाको कामप्रति सांसदहरूले असन्तुष्टि जनाएका छन् । बुधवार अर्थ समितिको बैठकमा सांसदहरूले बाढी प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन, बेपत्ताको खोजी तीव्र बनाउन, अस्थायी बसोबासको व्यवस्था गर्न तथा पुनर्निर्माणको काम प्रभावकारी रूपमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।