रसुवाका बाढी प्रभावित क्षेत्रमा डिशहोम र वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट रसुवाका विभिन्न क्षेत्रमा दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा क्षति पुगेपछि डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र युटेलस्याट वनवेबले निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति तथा समन्वयमा भाद्र २० गतेदेखि प्राथमिकताका आधारमा सेवा सञ्चालनमा ल्याइएको डिशहोमले जनाएको छ।
