कांग्रेस शिक्षकका साथमा रहेको देउवा र महरको भनाइ
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले शिक्षकका माग सम्बोधनमा पार्टी गम्भीर रहेको बताएका छन् । नेपाल शिक्षक सङ्घका प्रदेश अध्यक्षहरूसँगको छलफलमा सभापति देउवाले शिक्षकका माग सम्बोधन हुनुपर्ने बताए । शिक्षा ऐन जारी गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ दल एमालेसँग आफूले निरन्तर छलफल गरिरहेको देउवाको भनाइ छ ।
