बोल्न पाउनुपर्ने माग गर्दा जेनजी आन्दोलनका घाइते खड्का प्रहरी नियन्त्रणमा
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा मंगलबार आयोजित जेनजी सहिद स्मृति दिवस कार्यक्रममा पुगेका पवन खड्कालाई प्रहरीले कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिएको छ। आफू जेनजी आन्दोलनका घाइते भएको बताउँदै खड्काले स्मृति कार्यक्रममा सरकारले केही नगरेको र आफूले बोल्न पाउनुपर्ने माग गरेका थिए।
