SHARE
बासुरी खबर · बुधबार ३२ असार २०८२ ०४:०६ AM · 1 मिनेट पढाइ

बीपी राजमार्गमा रातिको समयमा यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा साउन १ गतेदेखि रातिको समयमा १२ घण्टा यातायात सञ्चालन गर्न नपाइने नियम बनाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेको सुरक्षा समिति बैठकले उक्त सडक खण्डको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म एक महिनाका लागि सडक सञ्चालनमा रोक लगाउने निधो गरेको हो ।