भोटेकोशी बाढी प्रभावित कृषकको पुनःस्थापनामा आवश्यक सहयोग गर्ने संयुक्त राष्ट्रसंघको प्रतिबद्धता
काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि लिला पिटर्स याहियाबीच भोटेकोशी बाढी प्रभावित कृषकको जीविकोपार्जन पुनःस्थापना, जलवायुजन्य जोखिम न्यूनीकरण तथा पूर्वसूचना प्रणाली सुदृढीकरणका विषयमा छलफल भएको छ ।
