तीन वर्षमा ६१ प्रतिशत मात्रै काम : सूर्यविनायक–धुलिखेल सडक विस्तारले कहिले पाउँला गति?
सडक विस्तार सुस्त हुँदा स्थानीयलाई धुलो–हिलोको सास्ती, व्यवसाय प्रभावितस पूर्वी नेपालको व्यापारिक ‘लाइफलाइन’ बन्ने आयोजना आफैँ ढिलाइको चपेटामा काभ्रे । काठमाडौँ उपत्यकाबाट पूर्वतर्फ निस्कँदा साँगा पार गरेपछि सडकको अवस्था फेरिन्छ। कतै सडक चौडा पार्न डाँडा काटिएको छ, कतै रिटेनिङ वाल ठडिँदैछ, कतै नाली निर्माण भइरहेको छ।
