बाढी प्रभावितका लागि सर्वोत्तम र जगदम्बा सिमेन्टको १ करोड ११ लाख सहयोग
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले सरकारलाई १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
