रसुवा बाढीपीडितका लागि नाइमाले दियो ५० लाख सहयोग
काठमाडौं । रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमाले) ले ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। नाइमाले आफ्नो पूर्वनिर्णयअनुसार उक्त रकम सरकारलाई हस्तान्तरण गरेको हो।
