मंगलबार सुनको भाउ ३ हजार ५ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ प्रतितोला ३ हजार ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेर ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
