देशको शान्ति र जनताको कल्याणको कामना गर्दै राष्ट्रपतिले गरे पशुपतिनाथमा पूजा
काठमाडौं । देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरेका छन् । राष्ट्रप्रति पौडेलले प्रथम महिला सबिता पौडेलसहित देश तथा जनताको हित र कल्याणको कामना गदै आज (मंगलबार) बिहान पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरेका हुन् । उनले पूजा अर्चना गरी पुजारीबाट फूलप्रसाद ग्रहण गरेका थिए ।
